बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

दैनिक नेपाल २०७७ मंसिर १३ गते १५:३१

काठमाडौँ, १३ मंसिर । नेपाली क्रिकेट टिम सदस्य सन्दीप लामिछानेमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

लामिछानले शुक्रबार ट्वीटरमार्फत आफूमा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् । बिहीबार परीक्षण गर्दा शुक्रबार रिपोर्ट पोजेटिभ आएको हो ।

आफूमा संक्रमण देखिएपनि कोरोनाको कुनै लक्षण नदेखिएको उनले बताएका छन् ।

हाल उनी होमआइसोलेसनमा छन् ।

यसअघि नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेद्रसिंह ऐरी, ब्याट्सम्यान रोहितकुमार पौडेल र बलर बसन्त रेग्मी पनि कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित