बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

मंसिर १६ गते पुनः बस्नेगरी सकियो नेकपा सचिवालय बैठक, के–के भयो आज ?

ओलीको राजनीतिक प्रस्ताव खामबन्दी गरेर सदस्यहरुलाई दिइयो

दैनिक नेपाल २०७७ मंसिर १३ गते १५:१३

काठमाडौं, १३ मंसिर । लामो समयपछि बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ ।

मंसिर १६ गते दिउँसो धुम्बाराहीमा १ बजे पुनः बस्नेगरी आजको बैठक सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले विभिन्न विषयमा उठेका विषयहरुमा जवाफसहितको राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

ओलीले आफूविरुद्ध लगाइएका आरोपहरुको प्रतिवाद गर्दै बैठकमा प्रतिवेदन पेश गरेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव अध्ययनका लागि खामबन्दी गरेर सचिवालय सदस्यहरुलाई दिइएको छ । उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो १ बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ ।

बैठकमा दुई अध्यक्षसहित झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमले आफ्नो धारणा व्यक्त गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । धारणा व्यक्त गर्दा नेताहरुले पार्टी एकतालाई कुनै पनि हालतमा जोगाउनुपर्नेमा जोड दिएको उनको भनाइ छ ।

नेकपाले मंसिर १८ गते बिहीबार स्थायी कमिटी र मंसिर २५ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

प्रतिक्रिया
सम्बन्धित