२ कार्तिक २०८३, सोमबार

दुबै प्रतिवेदन स्थगित गर्न सचिवालयलाई शंकर पोखरेलको सुझाव

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बस्ने सचिवालय बैठकले दुवै अध्यक्षको प्रतिवेदनलाई स्थगित गर्नुपर्ने बताएका छन् ।

पार्टी एकता जोगानका लागि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर अगाडि बढ्नुको विकल्प नरहेको भन्दै उनले दुई वटै प्रतिवेदन अगाडि बढ्दा समस्या थप लम्बिने बताएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘म फेरि पनि भन्छु पार्टी एकताको रक्षाका लागि दुबै प्रतिवेदनलाई स्थगित गरी एकीकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको वैठक अग्रसर होस् ।’

जुनसुकै उद्देश्यले प्रस्तुत गरिएका भए पनि दुबै अध्यक्षको प्रतिवेदनलाई स्थगित गरी एकीकृत प्रतिवेदन तयार पार्नुपर्नेमा जोड दिँदै सचिवालयलाई त्यसतर्फ ध्यानाकर्षण समेत गराएका छन् ।

नेता पोखरेलले प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गर्न पटक–पटक आग्रह गर्दै आएका छन् । तर, फिर्ता भएको छैन । बरु प्रथम अध्यक्ष केपी शर्माले आजको सचिवालय बैठकमा जवाफसहितको नयाँ प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।

नेकपाको सचिवालय बैठक भर्खरै प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।