बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु

दैनिक नेपाल २०७७ मंसिर १३ गते १३:१७

फाइल तस्वीर

काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक निर्धारित समयमै प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने निर्धारित कार्यसूची रहेको बैठक भर्खरै शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

ओलीले युवापुस्तामा नेतृत्व हस्तान्तरणसहितको आफ्नो प्रतिवेदन पेश गर्ने तयारी गरेको बताइएको छ ।

ओलीले आज दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालद्वारा सचिवालयमा यसअघि प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनको जवाफ दिने छन् ।

दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन ओलीले तयार पारेको प्रतिवेदनमा नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने उल्लेख रहेको स्रोतले बताएको छ ।

पछिल्लो समय मन्त्रिपरिषद् हेरफेर, राजदूत नियुक्ति, कर्णाली प्रदेशमा पार्टी विवाद, तराईका केही जिल्लामा कार्यकर्ताबीचको दोहोरो झडप र हत्या, प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेट आदिलाई लिएर नेकपामा विवाद चुलिएको छ ।

प्रतिक्रिया
सम्बन्धित