२ कार्तिक २०८३, सोमबार

‘गोकुल बाँस्कोटालाई फेरि मन्त्री बनाउन खोजियो’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । प्रतिनिधिसभा सदस्य तथा संघीय सदंसदको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार साहले गोकुल बाँस्कोटालाई पुनः मन्त्री बनाउने प्रयास भएको बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले नै घुस प्रकरणमा मुछिएका बाँस्कोटालाई अख्तियारबाट सफाइ दिलाएर मन्त्री बनाउन दबाब दिएको दाबी उनको छ ।

रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा साहले प्रधानमन्त्री केपी शर्मा ओली नै भ्रष्टाचारीको संरक्षणमा लागेको आरोप समेत लगाएका छन् । ‘गोकुल बाँस्कोटाको कारबाही रोकेर अख्तियारबाट सफाइ दिलाएर मन्त्री बनाउन ओलीले नै दबाब दिएका छन्’, उनले भने ।