शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान शुरू

दैनिक नेपाल २०७७ मंसिर १३ गते ११:०७

काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन शुरू भएको छ ।

बबरमहलस्थित कार्की व्यङक्वेटमा शनिबार बिहानदेखि मतदान शुरू भएको हो । महासंघको ५४औँ साधारणसभाको उद्घाटन तथा चुनाव प्रचार–प्रसारमा अत्यधिक भर्चुअल माध्यम प्रयोग भएको बन्दसत्रमा पनि महासंघका देशभरका सदस्यहरू जुमबाटै सहभागी भएका थिए ।

तर, मतदान भने परम्परागत शैलीको बुथबाटै हुँदै छ । निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशीद्वय चन्द्र ढकाल र किशोर प्रधान आ–आफ्ना प्यानलसहित चुनावी मैदानमा छन् ।

प्रतिक्रिया
सम्बन्धित