आइतबार, ४ माघ २०७७
DainikNepal.com
आइतबार, ४ माघ २०७७

बार्सिलोनाका खेलाडीहरूको पारिश्रमिक कटौति

दैनिक नेपाल २०७७ मंसिर १३ गते ८:२०

लण्डन, १३ मंसिर । स्पेनिस क्लब बार्सिलोनाका खेलाडीहरू पारिश्रमिक कटौतिमा सहमत भएका छन् ।

पारिश्रमिक कटौति गर्न खेलाडी सहमत भएपछि बार्सिलोनाले १२२ मिलियन युरो बचत गर्ने भएको छ ।

झण्डै ५० मिलियन युरोको भुक्तानी तीन वर्षका लागि स्थगित गर्ने सम्बन्धमा खेलाडीसँग बार्सिलोनाले सहमति गरेको छ ।

बार्सिलोनाको पछिल्लो खाता अनुसार ९७ मिलियन युरो घाटा देखिएको थियो । यस्तै उसको खुद ऋण ४८८ मलियन युरो देखिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित