बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

इरानका वरिष्ठ परमाणु वैज्ञानिकको हत्या

दैनिक नेपाल २०७७ मंसिर १३ गते ८:१७

लण्डन, १३ मंसिर । इरानका वरिष्ठ परमाणु वैज्ञानिकको हत्या भएको छ ।

तेहरान नजिकै वरिष्ठ परमाणु वैज्ञानिक मोहसेन फाखरिादेहको हत्या भएको रक्षा मन्त्रालयले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दामाभान्द काउन्टीको अब्सार्दमा भएको आक्रमणमा गम्भीर घाइते भएका उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

इरानका विदेश मन्त्री मोहम्मद जावाद जारिफले हत्याको निन्दा गरेका छन् । उनले घटनालाई आतंकवादको शंज्ञा दिएका छन् ।

पश्चिमा गुप्तचरहरुले इरानको परमाणु कार्यक्रमको मुख्य वैज्ञानिक रहेको ठानिएका वरिष्ठ वैज्ञानिकको हत्या भएको हो । उनलाई इरानी बमको पिताका रुपमा चिनिने सन् २०१४ मा एक पश्चिमा कूटनीतिज्ञले समाचार संस्था रोयटर्ससँग बताएका थिए ।

यसअघि सन् २०१० र २०१२ को बिचमा चार इरानी परमाणु वैज्ञानिकको हत्या भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित