बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

दाहालले ओलीको जवाफ पाउने, ‘प्रधानमन्त्रीको कुर्सी’ नपाउने

दैनिक नेपाल २०७७ मंसिर १३ गते ८:१३

काठमाडौं, १३ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधानतिर जान नसकेका बेला प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले आफूमाथि पार्टीभित्रैबाट लागेका लाञ्छनाहरूको जवाफ दिने भएका छन् ।

शनिबार बालुवाटारमा बस्ने तयारीमा रहेको सचिवालय बैठकमा ओलीले युवापस्तामा नेतृत्व हस्तान्तरणसहितको आफ्नो प्रतिवेदन पेश गर्ने तयारी गरेका हुन् । ओलीले दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालद्वारा सचिवालयमा यसअघि प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनको जवाफ दिनेछन् ।

दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन ओलीले तयार पारेको प्रतिवेदनमा नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने उल्लेख रहेको स्रोतले जनाएको छ । ओलीको प्रतिवेदन गैरराजनीतिक र गैरजिम्मेवार नहुने एक नेताले बताएका छन् ।

दोस्रो वरीयताका अध्यक्ष दाहाल ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाएर नेतृत्व हत्याउन चाहेको भनेर आरोप लाग्दै आएको छ । दाहालको आकंक्षाअनुसार प्रधानमन्त्री पद तत्काल उनले पाउने सम्भावना छैन ।

पछिल्लो समय मन्त्रिपरिषद् हेरफेर, राजदूत नियुक्ति, कर्णाली प्रदेशमा पार्टी विवाद, तराईका केही जिल्लामा कार्यकर्ताबीचको दोहोरो झडप र हत्या, प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेट आदिलाई लिएर नेकपामा विवाद चुलिएको छ ।

प्रतिक्रिया
सम्बन्धित