शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

जम्मु–कश्मीरमा गोली लागेर दाङका खत्रीको मृत्यु

दैनिक नेपाल २०७७ मंसिर १३ गते ७:२१

तुलसीपुर, १३ मंसिर । भारतको जम्मु–कश्मीरमा भएको गोली हानाहानमा शुक्रबार भारतीय सेनामा कार्यरत दाङको तुलसीपुरका प्रेम खत्रीको मृत्यु भएको छ ।

रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा गोली लागेर सेनाका नायकद्वय प्रेमबहादुर खत्री र राइफलम्यान सुखवीर सिंहको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । पाकिस्तानतर्फबाट चलेको गोली लागेर गम्भीर घाइते दुवैको मृत्यु भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

भारतको सीमा सुरक्षामा खटिँदा मारिएका ३० वर्षीय खत्री तुलसीपुर–९ बेलुवाका हुन् । कश्मीरबाट शनिबार बिहान लखनउ आइपुग्ने छोराको शव लिन पिता लालबहादुर शुक्रबारै त्यसर्फ गएको बेलुवा प्रहरी चौकीका इन्चार्ज असई प्रदीप खड्काले बताए ।

प्रतिक्रिया
सम्बन्धित