शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सप्तरीमा दुई महिलालाई कुटपिट

दैनिक नेपाल २०७७ मंसिर १३ गते ७:११

राजविराज, १३ मंसिर । सप्तरी जिल्लामा दुई महिलामाथी निर्घात कुटपिट भएको छ ।

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका– ६ बभनगामा कट्टी बस्ने ४५ वर्षीया बुलबुलदेखि यादवलाई उनका देवर र भतिजाले कुटपिट गरेर हात भाचिदिएका छन् ।

विष्णुपुर गाउँपालिका– ६ रन्जितपुर बस्ने १५ वर्षीया कल्पना मुँखियालाई छिमेकीले कुटपिट गर्दा शरीरभरि निलडाम परेको छ ।

ती दुबैलाई उपचारका लागि सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल भर्ना गरिएको छ ।

तिलाठी कोइलाडी ६ बभनगामाकी बुलबुलले देवर राधेश्याम र भतिजो धर्मेन्द्रले बाटोका लागी नम्बरी जग्गा नछाडिएको भन्दै बिहीबार राति ९ः३० बजेतिर घिसारेर बाहिर ल्याई बाँसको भाटा र फलामे रडले हिर्काएर घाइते बनाएको बताएकी छिन् ।

उनको दुबै हात भाचिएको छ भने टाउँकोमा ९ वटा टाँका लगाउन परेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

आफूहरु मजदुरी गरि गुजारा चलाउँदै आएको र पति जगदिश घरमा नभएको बेलामा देवर र भतिजा मिलेर निर्घात कुटपिट गरेको बुलबुल देवीले बताएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित