१० कार्तिक २०८३, मंगलबार

विराटनगरमा कांग्रेसको खेलकुद विभागको रक्तदानमा १२६ जनाद्वारा रक्तदान

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १२ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागले विराटनगरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

विभागका सदस्य सोभितराज प्रसाइँको संयोजकत्वमा शुक्रबार विराटनगरको कभर्डहलमा रक्तदान गरिएको हो ।

रक्तदान कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले रक्तदाताहरूलाई धन्यावाद दिएका छन् ।

रक्तदान कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, कांग्रेस मोरङका जिल्ला सचिव नागेश कोइराला, आठौं साफ करातेतर्फ स्वर्ण पदक बिजेता प्रवीन राना, कराते अन्तर्राष्ट्रिय रेफ्री विमल पोखरेल, विनोद राउत, पूर्व राष्ट्रिय खेलाडी सरोज सुवेदी, मञ्जिल गौतम, इन्द्रजित राजभण्डारी, रुपेश बराल प्रभाकर राना ‘रिक्की’ लगायत खेलाडी तथा तरुण दल, नेविसंघका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

१ सय २६ जनाले रक्तदान गरेका थिए । खेलकुद विभागले एक हप्तासम्म देशभरि रक्तदानको कार्यक्रम राखेको छ । ललितपुरबाट शुरु भएको रक्तदान कार्यक्रम भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, बाँके, कास्कीसहितका जिल्लाहरूमा रक्तदान कार्यक्रम सम्पन्न भइसकेको विभागका सचिव एवम् कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले जानकारी दिए ।

सचिव महर्जनले कोरोना महामारीका बेला बिरामीहरूलाई उपचार गर्न रगत अभाव नहोस भनेर काठमाडौं उपत्यकासहित देशभरि रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

रक्तदान कार्यक्रमलाई सफल बनाउन र रक्तदाताहरूको हौसला बढाउन विभागका प्रमुख समेत रहेका कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत आफै विभिन्न जिल्लाहरूमा खटिएका छन् ।