शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

२४ घण्टामा २३ जना संक्रमितको मृत्यु, १७ हजारभन्दा बढी आइसोलेसनमा

दैनिक नेपाल २०७७ मंसिर १२ गते १६:३१

काठमाडौं, १२ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २३ जना संक्रमितले ज्यान गुमाएका छन् ।

अघिल्लो दिन बिहीबार पनि २३ जना संक्रमितको मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ७०३ जना नयाँ संक्रमित थप भएका छन् ।

१० हजार ४६० जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएका हुन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख २९ हजार ३४३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २३६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ९ हजार ४३५ जना पुगेको छ ।

हाल देशमा सक्रिय संक्रमितको संख्या १७ हजार २३७ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १७ लाख १० हजार ५६० जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १७ हजार २३७ जना आइसोलेसन र ६०१ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित