शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कास्कीको ट्राफिक कार्यालयमा ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर

दैनिक नेपाल २०७७ मंसिर १२ गते १६:१२

काठमाडौं, १२ मंसिर । ग्लोबल आईएमई बैंकले शुक्रबार कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी प्रभू प्रसाद ढकाल र कास्की जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी जीवनकुमार श्रेष्ठले संयुक्त रुपमा बैंकको एक्सटेन्सन काउण्टरको उद्घाटन गरे ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै कास्कीको पोखरा महानगरपालिका–९, नयाँबजारस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको बताएको छ ।

बैंकले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सेवा लिने सेवाग्राही लगायत अन्य ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्ने प्रयोजनका लागि काउण्टर सुरु गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित