बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

कांग्रेस नेता ईश्वरी कोईरालाको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

दैनिक नेपाल २०७७ मंसिर १२ गते १४:०४

काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेस मोरङका महासमिति सदस्य एवं क्षेत्रीय सभापति ६३ वर्षीय ईश्वरी कोइरालाको शुक्रबार निधन भएको छ ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार बिहान उनको निधन भएको हो । गएको प्रदेशसभा निर्वाचननमा मोरङको निर्वाचन क्षेत्र नं. १ ‘क’का उम्मेदवार बनेका कोईरालाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

उनको निधनबाट पार्टीले एक होनाहार व्यक्तित्वलाई गुमाएको भन्दै पार्टी सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । ‘पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्वर्गीय कोईरालाले पुर्याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ’, पार्टीले जारी गरेको शोक वक्तव्यमा लेखिएको छ ।

सादै दउवाले शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना समेत प्रकट गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित