२ कार्तिक २०८३, सोमबार

१३ वर्षीया छोरीलाई होटेलमा लगेर बलात्कार गर्ने बुबा पक्राउ

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिकात्मक तस्वीर

कास्की, १२ मंसिर । आफ्नै १३ वर्षीया छोरीलाई बारम्बार करणी गर्दै आएका ३९ वर्षीय बुबालाई प्रहरीले पक्राउ गरेको छ ।

विगत केही वर्ष अगाडिदेखि अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएका उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । पछिल्लोपटक मंसिर ६ गते एउटा होटेलमा लगेर अश्लिल फोटो तथा भिडियो देखाई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।

सोही सूचनाका आधारमा खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।

उनी विरुद्ध जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।