शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश

दैनिक नेपाल २०७७ मंसिर १२ गते १२:०६

लण्डन, १२ मंसिर । आर्सनल युरोपा लिग फुटबलको अन्तिम ३२ अर्थात नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा जित निकालेर उसले अघिल्लो चरणका लागि स्थान पक्का गरेका हुन् ।

समूह बी अन्तर्गत भएको खेलमा आर्सनलले मोल्डेलाई ३–० ले पराजित गरेको हो । आर्सनलको जितमा निकोलास पेपे, रिइस नेल्सन र फोलारिन बालोगुनले गोल गरेका हुन् ।

जितपछि चार खेलबाट १२ अंक बनाएको आर्सनलले अन्तिम ३२ मा स्थान बनाउने पक्का भएको छ ।

समूह जे अन्तर्गत भएको खेलमा लुडोगोरेट्स राज्ग्राडलाई ४–० ले पराजित गरेको टोटनह्यामले पनि नकआउट चरणमा स्थान बनाउने अवस्थामा पुगेको छ ।

टोटनह्यामका लागि अल्भेस मोराइजले दुई तथा विन्क्स र लुकास मौउराले एक–एक गोल गरे । जितपछि उसको ९ अंक भएको छ ।

प्रतिक्रिया
सम्बन्धित