मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

कोरोनाबाट १४ लाख ३७ हजारभन्दा बढीले ज्यान गुमाए, १ लाखभन्दा बढीको अवस्था गम्भीर

दैनिक नेपाल २०७७ मंसिर १२ गते ११:२०

काठमाडौं, १२ मंसिर । कोरोना भाइरसको संक्रमणबाट विश्वभर १४ लाख ३७ हजार ८४० जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा विश्वभर १० हजार ९५३ संक्रमितको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या १४ लाख ३७ हजार ८४० पुगेको हो ।

यस्तै विश्वभरका अस्पतालहरुमा उपचाररत १ लाख ४ हजारभन्दा बढी कोरोना संक्रमितको अवस्था गम्भीर छ । विश्वभर १ करोड ७४ लाख ६८ हजार ८२४ संक्रमितको उपचार भइरहेको छ । तीमध्ये १ लाख ५ हजार १२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित