शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

पुनर्निर्माण र पुनः स्थापनामा भएका उपलब्धीबारे छलफल शुरु

दैनिक नेपाल २०७७ मंसिर १२ गते ११:०४

काठमाडौं, १२ मंसिर । भूकम्पपछिको पुनर्निर्माण र पुनः स्थापनामा भएका उपलब्धीबारे काठमाडौंमा छलफल शुरु भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हासिल गरेका उपलब्धीबारे अन्तर्क्रिया तथा अभिलेख गर्न वेबमा आधारित सेमिनार (वेबिनार) आयोजना गरिएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेण्डियम) को तयारीको सिलसिलामा तयार गरिएको प्रारम्भिक खाकाबारे छलफल गर्न र मुख्य सरोकारवाला, विज्ञ तथा अभ्यासकर्ताहरुबाट सुझाव तथा टिप्पणीहरु प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको हो ।

वेबिनारको पहिलो दिन आज निजी आवास, सांस्कृतिक सम्पदा र सार्वजनिक भवन तथा पूर्वाधार गरी तीनवटा विषयगत अध्यायमा प्रस्तुतीकरण र छलफल हुँदै छ । भोलि दोस्रो दिन बाँकी तीनवटा विषयगत अध्यायहरुमा छलफल हुने छ ।

प्राधिकरणले संस्थागत स्मृति स्थापित गर्ने सिलसिलामा पुनर्निर्माणका ५ वर्षका अनुभव तथा सिकाइहरु समेटेर विभिन्न ७ वटा विषयगत क्षेत्रमा कम्पेण्डियम तयार गरिरहेको छ ।

यी विषयगत अध्यायहरुलाई वृहत छलफल तथा परामर्शबाट टुङ्ग्याउने उद्देश्यसहित छलफल आयोजना गरिएको प्राधिकरणले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित