शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

गोरखा र मनाङको भ्रमण गरेर आज स्वदेश फर्किदै हर्षवर्धन

दैनिक नेपाल २०७७ मंसिर १२ गते १०:२६

काठमाडौं, १२ मंसिर । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला आज गोरखा र मनाङको भ्रमण गरेर स्वदेश फर्किदै छन् ।

उनले गोरखामा भूकम्पपछि भारतीय सहयोगमा बनिरहेका घरहरुको अवलोकन गर्ने कार्यक्रम छ । साथै तीन वटा विद्यालयको उद्घाटन पनि गर्ने छन् । यस्तै मनाङमा पनि भारतीय सहयोगमा बनेको गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ ।

बिहीबार बिहान नेपाल आएका श्रृङ्गला दिनभर भेटघाटमा व्यस्त रहे । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्याउन भारतीय पक्षसँग आग्रह गरेकी छिन् ।

राष्ट्रपतिलाई भेट्नुअघि भारतीय विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालयको प्रतिनिधि मण्डल, प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटवार्ता गरेका छन् ।

उनी आज दिउँसो एक बजे स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित