शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

भारतमा सडकमा उत्रिए किसानहरू, रातभरि सडकमै बास

दैनिक नेपाल २०७७ मंसिर १२ गते १०:१६

नयाँदिल्ली, १२ मंसिर । भारतमा सरकारी तीन वटा कानूनको विरोधमा सडकमा उत्रेका किसानले आन्दोलनको पहिलो रात सडकमै बिताएका छन् ।

कृषि कानुनको विरोधमा नयाँदिल्लीसम्म पुगेर प्रदर्शन गर्ने लक्ष्यका साथ उनीहरू सडकमा ओर्लिएका हुन् । उनीहरुलाई फर्काउने प्रयास प्रहरीले धेरै गरेको थियो । उनीहरू निरन्तर अघि बढिरहेका छन् ।

‘दिल्ली चलो’ अभियानअन्तर्गत दशौँ हजारको संख्यामा किसानहरु सरकारको विरोध गर्दै राजधानी दिल्लीतर्फ लाग्ने क्रममा शुक्रवार पनि जारी रहने बताइएको छ । उनीहरुलाई फर्काउने सरकारको प्रयास असफल भइरहेको छ ।

५० हजारको संख्यामा हरियाणाबाट उनीहरू दिल्लीतर्फ मार्च गरिरहेका हुन् । यस्तो मार्च अन्य सहरबाट पनि शुरू भएकाले दिल्लीमा ठूलो मात्रामा किसानको जमघट हुने देखिएको छ ।

कोरोना महामारीका बीचमा यत्रो संख्यामा जुलुस र प्रदर्शन भए पनि नरेन्द्र मोदी सरकार अप्ठेरोमा पर्ने देखिएको छ। यो प्रदर्शनका कारण कोरोना संक्रमण थप अनियन्त्रित हुने देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित