शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

गुल्मीमा जीप दुर्घटना हुँदा पाँच यात्रुको मृत्यु

दैनिक नेपाल २०७७ मंसिर १२ गते ९:१८

फाइल तस्बिर

गुल्मी, १२ मंसिर । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–४ दोहलीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । दोहलीको हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका ५ की ८० वर्षीया सुन्दरी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा इस्मा गाउँपालिका ४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वति दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत भने सकुशल छन् । घाइतेहरूलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित