शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बुर्किना फासोको राष्ट्रपतिमा काबोर पुनः निर्वाचित

दैनिक नेपाल २०७७ मंसिर १२ गते ८:०८

लण्डन, १२ मंसिर । बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर फेरि निर्वाचित भएका छन् ।

पर्याप्त बहुमतका साथ उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकाे निर्वाचन आयोगले घोषणा गरेको छ । काबोरले मतदानको पहिलो चरणमै ५७ दशमलव ८७ प्रतिशत मत ल्याएर पुनःराष्ट्रपतिमा निर्वाचित भएको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका प्रमुख न्युटन अहमद ब्यारीले जानकारी दिए ।

राष्ट्रपतिमा निर्वाचित काबोरले आफ्ना प्रतिस्पर्धीलेभन्दा धेरै मतान्तर कायम गरेको निर्वाचन आयोगले जनाएको छ ।

उनीसँग प्रतिस्पर्धामा रहेका इडी कोम्बोइगोले जम्मा १५ दशमलव ४८ प्रतिशत मत ल्याएर दोस्रो भएका छन् । अर्का उम्मेदवार जेफिरिन डिएब्रेले १२ दशमलव ४६ प्रतिशत मत मात्रै पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित