मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

२४ घण्टामा २३ जना संक्रमितको मृत्यु, मृतकको संख्या १४१२ पुग्यो

दैनिक नेपाल २०७७ मंसिर ११ गते १६:३०

काठमाडौं, ११ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २३ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ६१४ जना नयाँ संक्रमित थप भएका छन् ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख २७ हजार ६४० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४३७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ९ हजार ४३५ जना पुगेको छ ।

हाल देशमा सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १७ लाख जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १६ हजा ७९३ जना आइसोलेसन र ६८० जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित