२ कार्तिक २०८३, सोमबार

बिहीबार थपिए कोरोना भाइरसका १६१४ जना संक्रमित, १४३७ जना डिस्चार्ज

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ६१४ जना नयाँ संक्रमित थप भएका छन् ।

९ हजार ४९१ जनाको स्वाब परीक्षण गर्दा १६१४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख २७ हजार ६४० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४३७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ९ हजार ४३५ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २३ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ ।

हाल देशमा सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १७ लाख जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १६ हजार ७९३ जना आइसोलेसन र ६८० जना क्वारेन्टिनमा छन् ।