बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

महिला सरकारी वकीलहरुको दुई दिवसीय राष्ट्रिय कार्यशाला शुरु

दैनिक नेपाल २०७७ मंसिर ११ गते १४:३८

काठमाडौं, ११ मंसिर । नेपालमा रहेका महिला सरकारी वकीलहरुको दुई दिवसीय राष्ट्रिय कार्यशाला शुरू भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले चालू आर्थिक वर्षलाई अभियोजन सुधार वर्षका रुपमा घोषणा गरी आवधिक रुपमा विभिन्न क्रियाकलाप गरिरहेको सन्दर्भमा सोही क्रमलाई निरन्तरता दिंदै बिहीबार उक्त कार्यशाला शुरू गरिएको हो ।

कार्यशालाको महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भर्चुअल माध्यमबाट उद्घाटन गरे । उद्घाटन समारोहमा नायब महान्यायाधिवक्ताहरु, सहन्यायाधिवक्ताहरू लगायत ८० जनाको उपस्थिति थियो ।

समारोहलाई सम्बोधन गर्दै महान्यायाधिवक्ता खरेलले भौतिक उपस्थितिमा नै सम्मेलनको आयोजना गर्ने गरी तयारी गरिएकोमा कोभिड–१९ को महामारीका कारण अनलाइनमार्फत नै यस प्रकारको राष्ट्रिय कार्यशालाको आयोजना गर्न लागिएको जानकारी दिए ।

यस्तै हाल नेपालमा १ जना सहन्यायाधिवक्ता, १२ जना उपन्यायाधिवक्ता समेत गरी ७२ जना महिला सरकारी वकीलहरु कार्यरत रहेकोमा जम्मा २ जना मात्र महिला सरकारी वकीलहरु ललितपुर र जाजरकोटमा कार्यालय प्रमुखको जिम्मेवारीमा रहेको पनि जानकारी दिए ।

उक्त कार्यशालाको अध्यक्षता सहन्यायाधिवक्ता रमादेवी पराजुलीले गरेकी थिइन् भने कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै उपन्यायाधिवक्ता उर्मिला दाहालले उपस्थितहरुलाई स्वागत गगरिन् । यस्तै कार्यक्रम सञ्चालन सहायक न्यायाधिवक्ता रोशी भण्डारीले गरेकी थिइन् ।

दुई दिनसम्म चल्ने उक्त राष्ट्रिय कार्यशालामा सुशासन तथा अभियोजनमा सरकारी वकीलहरुको भूमिका, नेतृत्व र उत्प्रेरणा एवम् सामाजिक भेदभावजन्य कसूर लगायतका विषयमा छलफल शुरु भएको छ ।

उक्त राष्ट्रिय कार्यशालामा ७० जना महिला सरकारी वकीलहरुको सहभागिता छ । कार्यशाला भोली शुक्रबार निष्कर्षहरु जारी गर्दै समापन हुने छ ।

प्रतिक्रिया
सम्बन्धित