शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नेकपा (माओवादी केन्द्र) द्वारा महाध्रुवीकरणका लागि पहल गर्ने निर्णय

दैनिक नेपाल २०७७ मंसिर ११ गते १३:५१

काठमाडौं, ११ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ‘मुख्यतः रुपान्तरणमा जोड एवं महाध्रुवीकरण पहल’ को निर्णय गरेको छ ।

उक्त पार्टीका अध्यक्ष गोपाल किराँतीले पनि अब व्यापक ध्रुवीकरणमा जाने निर्णय गरेको बताए । एकताका लागि नेत्रविक्रम चन्द ‘विप्लवसँग’ छलफल भइरहेको उनको भनाइ छ । उनले भने, ‘आगामी वैशाखमा राष्ट्रिय सम्मेलन हुँदैछ, त्यतिवेलासम्म वातावरण बन्छ ।’

त्यस्तै, पार्टीका उपाध्यक्ष विनोदकुमार उपाध्यायले नयाँ ढंगको विचारको विकास गरिराखेको सुनाउँदै एकजुट भएर क्रान्तिकारी विचारको विकास गर्नुपर्नेमा जोड दिए । उनले देशभक्तिपूर्ण आन्दोलन गर्नुको पनि बताए ।

यही मंसिर ८ गतेदेखि मंसिर १० गतेसम्म काठमाडौं बसेको पार्टीको केन्द्रीय समितिको छैठौं बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा महाध्रुवीकरणको पहल गर्ने जानकारी दिइएको हो ।

उक्त पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्न, एमसीसी र भूमि अतिक्रमण जस्ता इण्डो–अमेरिकन आतंक विरुद्ध जनप्रतिरोध आन्दोलन सशक्त बनाउन, डवल नेकपा सरकारका भ्रष्टाचारी, फासीवादी, राष्ट्रघाती हर्कतको विरोध गर्न, एकल रुपमा देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने निर्णय गरियो ।’

प्रतिक्रिया
सम्बन्धित