शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

भारतमा कोरोनाबाट १ लाख ३५ हजार २६१ जनाको मृत्यु, संक्रमति कति ?

दैनिक नेपाल २०७७ मंसिर ११ गते १३:३०

काठमाडौं, ११ मंसिर । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा दोस्रो स्थानमा रहेको छिमेकी देश भारतमा कोरोना संक्रमणका कारण १ लाख ३५ हजार १ लाख ३५ हजार २६१ जनाको मृत्यु भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा थप ५१८ जनाको मृत्यु भएको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४४ हजारभन्दा बढी संक्रमित थप भएका छन् ।

थप ४४ हजार ६९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या ९२ लाख ६६ हजार ७०५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८६ लाख ७९ हजार १३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै ४ लाख ५२ हजार ३०६ जना सक्रिय संक्रमित छन् भने ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिका प्रभावित छ भने तेस्रो र चौथो मा ब्राजिल तथा फ्रान्स छन् । यस्तै रसिया, स्पेन, बेलायत र इटालीमा पनि कोरोनाको तीव्र प्रभाव कायमै छ ।

प्रतिक्रिया
सम्बन्धित