बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै, कोरोनाको लक्षण भएकालाई नखुवाउन आग्रह

दैनिक नेपाल २०७७ मंसिर ११ गते १२:४५

काठमाडौं, ११ मंसिर । सरकारले मंसिर ११ र १२ गते अर्थात् आज र भोलि देशव्यापी रुपमा भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ ।

तर, कोरोना भाइरसको संक्रमणसँग मिल्ने लक्षण भएका बालबालिकालाई उक्त क्याप्सुल नखुवाउन सरकारले सबैलाई आग्रह गरेको छ ।

भिटामिन ‘ए’ क्याप्सुल खुवाउने समयमा यदि कुनै बच्चा वा स्याहारकर्तालाई ज्वरो आएको वा अन्य कोरोनासँग मिल्दोजुल्दो लक्षणहरू देखिएको छ भने भिटामिन ए को क्याप्सुल नखुवाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो ।

ज्वरो निको भइसकेपछि मात्र नजिकको स्वास्थ्य संस्थाबाट भिटामिन ए क्याप्सुल खुवाउने जानकारी महिला स्वास्थ्य स्वयंसेविकाहरूमार्फत सर्वसाधरणसम्म पुर्याउन स्वास्थ्य मन्त्रालयले भनेको छ ।

आज र भोलि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम देशभर सञ्चालन हुँदै छ । यसअघि कात्तिक महिनामा नै भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिए पनि यस पटक कोरोना भाइरसको जोखिमका कारण पछाडि धकेलिएको हो ।

सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने अभियान चलाउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित