
काठमाडौं, ११ मंसिर । हालसम्मको उच्च विन्दुलाइ पछ्याउँदै बुधबार तस्रो उच्च विन्दुभन्दा माथि उक्लिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) इन्डेक्सले बिहीबार बजार खुल्ने वित्तिकै १ हजार ९०० विन्दुमाथि उक्लिएको छ ।
आज बजार खुलेको २ मिनेटमै नेप्सेले सो विन्दु पार गरेको हो । यस दिनको प्रि ओपन सेसनमा नै हालसम्मको अल टाइम हाइ रेकर्ड ब्रेक गरेको नेप्सेले बजार खुलेको २ मिनेटमा नै ३० दशमलव ७५ अंक बढेर १९०५ दशमलव ५६ विन्दुमा पुगेको हो ।

सो अवधिसम्ममा ९५ कम्पनीको ६१० पटकको कारोबार ५ करोड ३२ लाख ७७ हजार रुपैयाँ बराबरको ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
तर, बजार बढेपछि अधिकांश लगानीकर्ताले आफ्नो नाफा बुक गर्न थालेपछि लगत्तै नेप्से १९०० अंकभन्दा तल झरेको छ । यो समाचार तयार पार्दासम्म नेप्से पुनm ओरालो लागेर १८८१ कै विन्दुमा झरेको छ ।















प्रतिक्रिया