६ मंसिर २०८३, आइतबार

इन्जा ग्लोबल मिडिया कन्फ्रेन्स आइतबार साँझ शुरु हुने

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय संजाल इन्जाको आयोजनामा आगामी हप्ता हुने दोस्रो इन्जा ग्लोबल मिडिया कन्फ्रेन्सको तयारी अन्तिम चरणमा पुगेको छ ।

मंसिर १४ गते आइतबार नोभम्बर १९ तारिकका दिन सांझ ठीक ८ बजेदेखि प्रारम्भ हुने मिडिया कन्फ्रेन्समा कोभिड १९ बाट नेपाल लगायत बिश्वभर संचार क्षेत्रमा परेको असर, यसबाट नेपाली संचारकर्मीमा परेको प्रभाब, संचारले लिएको बदलिदो स्वरुप र आगामी दिनमा संचार क्षेत्रले चाल्नुपर्ने कदमका बारेमा ब्यापक बहस हुने जानकारी इन्जा ग्लोबलका उपाध्यक्ष, इन्जा एशियाका अध्यक्ष बरिष्ठ पत्रकार टंक पन्तले जानकारी दिएका छन् ।

नेपाल, अमेरिका लगायत बिश्वभरि छरिएका रहेका क्रियाशील नेपाली पत्रकारहरूको प्रतिनिधिमुलक रुपमा सहभागिता रहने ग्लोबल मिडिया कन्फ्रेन्सको उदघाटन संचार तथा प्रबिधिमन्त्री पार्वत गुरुङले गर्नेछन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य लगायतका बरिष्ठ पत्रकारहरू पनि अतिथिको रुपमा रहने गरी कार्यक्रम तय भैसकेको पनि इन्जा एशियाका अध्यक्ष पन्तले बताए ।

बरिष्ठ पत्रकार पन्तका अनुसार कोरोना महामारीका कारण भर्चुवल मार्फत हुने इन्जा ग्लोबल मिडिया कन्फ्रेन्समा पत्रकारिता प्रध्यापन गर्दै आएका बरिष्ठ पत्रकारद्वय घमराज लुइटेल र विष्णु शर्माले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकामा रहेर पत्रकारितामा क्रियाशील इन्जा ग्लोबलका अध्यक्ष बरिष्ठ पत्रकार गुणराज लुइटेलको अध्यक्षतामा हुने कार्यक्रममा इन्जाका सल्लाहकार बरिष्ठ पत्रकारहरू तीर्थ कोइराला, तारानाथ दाहाल, तारा बराल एवं बन्दना राणा, बबिता बस्नेत र संचारिका समूहकी अध्यक्ष नीतु पण्डितले कार्यपत्रमाथि टिप्पणी गर्नेछन् ।

कोरोनाबाट प्रभावित भै जागिर गुमाएका वा बेतलबी बिदामा बस्न बाध्य पारिएका र काम जारी रहे पनि मिडिया हाउसबाट थोरै प्रतिशत मात्र पारिश्रमिक पाएका ८० जना पत्रकारलाई भर्खरै मात्र इन्जा फेलोसिपमार्फत आर्थिक सहयोग कार्यक्रम सम्पन्न गरेको इन्जाले प्रत्येक वर्ष नेपाली पत्रकारिता क्षेत्रमा उत्कृष्ठ योगदान पुरयाउने पत्रकारहरूलाई नगदसहित इन्जा बिशेष पुरस्कार र सम्मान पनि गर्ने गरेको छ ।

इन्जाले हरेक वर्षको मार्चमा इन्जा डे पनि भब्यताका साथ मनाउने गरेको छ । गएको वर्ष नेपालमा इन्जा डेलाई पत्रकारिताको ब्यावसायिक विकास कसरी हुन सक्छ ? राज्यको भूमिका के हुन सक्छ र पत्रकार स्वयले के गर्नुपर्छ भन्ने विषयमा त्यतिखेर नेपालमा कार्यबाहक प्रधानमन्त्रीको पनि जिम्मेबारीमा रहेका उपप्रधानमन्त्री ईश्वर पोखे्रलको प्रमुख आतिथ्यतामा बिशेष कार्यक्रम गरिएको थियो ।

यस वर्ष हुने दोस्रो इन्जा ग्लोबल मिडिया कन्फ्रेन्सबाट आएको निष्कर्षलाई बुकलेटको प्रकाशित गरी नेपाल सरकार लगायत सबद्ध सरोकारबालाई दिने कार्यक्रम रहेको कार्यक्रम संयोजक विष्णु शीतलले बताए ।