
काठमाडौँ, १० मंसिर । काठमाडौँ उपत्यकामा थप ८ सय ३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल काठमाडौँमा ७ हजार ६ सय ६०, ललितपुरमा १ हजार ४ सय ९९ र भक्तपुरमा ५ सय ८० जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र कास्कीमा मात्रै ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । जसमा कास्कीमा भने ७ सय ५१ जना सक्रिय संक्रमित रहेका छन् ।
देशभर वुधबार थप १ हजार ९ सय ४८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण १ हजार ३ सय ८९ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया