शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

च्याम्पियन्स लिग फुटबलमा एर्लिङ्ग ब्राउट हल्याण्डको कीर्तिमान

दैनिक नेपाल २०७७ मंसिर १० गते १३:२९

लण्डन, १० मंसिर । च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डका एर्लिङ्ग ब्राउट हल्याण्डले कीर्तिमान बनाएका छन् ।

समूह एफअन्तर्गत मंगलबार राति भएको खेलमा क्लब ब्रुगलाई ३–० ले पराजित गर्ने क्रममा डर्टमुण्डका लागि हल्याण्डले १८ र ६० औँ मिनेटमा गरि दुई गोल गरे । ४५ औँ मिनेटमा ज्याडन सान्चोले एक गोल गरे ।

हल्याण्ड च्याम्पियन्स लिगमा सबै भन्दा छिटो १५ गोल गर्ने खेलाडी बनेका छन् । २० वर्षका हल्याण्डले बोरुसियाका लागि यो सिजन १३ खेलमा १७ गोल गरिसकेका छन् ।

उनले च्याम्पियन्स लिगमा १२ खेलमा १५ गोल गरेका छन् । उनले रुड भान निस्टेल्य र रोबर्तो साल्डाडोले बनाएको कीर्तिमान भंग गरेका हुन् । उनीहरूले भन्दा सात खेल कममा हल्याण्डले १५ गोलको आँकडा पूरा गरेका हुन् ।

जित निकालेको बोरुसिया दुई खेल बाँकी हुँदा ९ अंकसहित समूहको पहिलो स्थानमा छ । जेन्टि सेन्ट पिटर्सबर्गलाई ३–१ ले पराजित गरेको लाजिओ ८ अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित