शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

भीरबाट खसेर राउटेको मृत्यु

दैनिक नेपाल २०७७ मंसिर १० गते १३:२५

वीरेन्द्रनगर, १० मंसिर । सुर्खेतमा भीरबाट खसेर एक जना राउटे युवकको मृत्यु भएको छ ।

चिङ्गाड गाउँपालिका–२ स्थित ढाँडखेत नजिकको भिरबाट लडेर १९ वर्षीय राउटे युवा टेक शाहीको मृत्यु भएको हो ।

उनी गत ८ गते भिरबाट खसेको र सोही राति मृत्यु भएको हो प्रहरीले जनाएको छ । उनको मृत्यु भएको खबर भने प्रहरीमा ढिला पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित