काठमाडौं, १० मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य हरिबोल गजुरेलले दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो प्रस्तावलाई पुस्तकका रूपमा प्रकाशन गरेर वितरण गरेकोमा आपत्ति जनाएका छन् ।
गत कात्तिक २८ गते सचिवालय बैठकमा राजनीतिक प्रस्तावभन्दै पेस गरेको आरोप पत्रलाई पुस्तकको रूपमा प्रकाशन गरेर तल्ला कमिटीमा पठाउने कार्य गलत भएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
दाहालले हतार गरेर पुस्तक प्रकाशन गरेर तल्ला कमिटीमा पठाउँदा पार्टीभित्र थप समस्या आउन सक्ने गजुरेलले बताएका छन् ।











प्रतिक्रिया