२ कार्तिक २०८३, सोमबार

अमेरिका विश्व मञ्चको नेतृत्वमा रहन तयार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, १० मंसिर । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले अमेरिका विश्व मञ्चको नेतृत्वमा रहनका लागि तयार भएर आएको बताएका छन् ।

रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका फर्स्ट नीतिमार्फत अमेरिकालाई विश्व मञ्चबाट अलग र एक्लो बनाएको भन्दै बाइडेनले अब सो अध्यायको पाना पल्टिने बताएका हुन् ।

विश्वका सहयोगी राष्ट्रहरूसँग सहकार्य गरेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै सामूहिक स्वार्थका लागि काम गर्न अमेरिका पुनः तयार भएको बाइडेनले मंगलबार बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले आफ्नो टिममा रहने परराष्ट्र नीति तथा राष्ट्रिय सुरक्षाका सदस्यहरुको परिचय गराउँदै आउँदो जनवरी २० मा सत्ता सम्हालेपछि ट्रम्पको एकतर्फी राष्ट्रवादको नीतिबाट अमेरिकालाई अलग गराउने संकेत गरेका हुन् ।