६ मंसिर २०८३, आइतबार

प्रहरीको गोली लागेका न्यौपानेको काठमाडौंमा मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिबास, १० मंसिर । महोत्तरीको बर्दिबासका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ ।

६ वर्षीया बालिका गुलाब साह खातुनको हत्याको विरोधमा उत्रिएका बेला प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा न्यौपाने गम्भीर घाइते भएका थिए । उनलाई उपचार गर्न काठमाडौं पठाइएको थियो ।

गोली लागेर गम्भीर घाइते भएका न्यौपानेलाई हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल लगिएको थियो ।

न्यौपानेको बुधबारबार बिहान १ बजे उपचारको क्रममा अस्पतालमा मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् ।

उनीसँगै घाइते अर्का श्याम कार्कीको भने उपचार भइरहेको छ । न्यौपानेको मृत्युसँगै बर्दिबासमा थप तनावको स्थित सृजना भएको छ ।