शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बर्दिबास हत्या प्रकरण: पोस्टमार्टमका लागि बालिकाको शव जनकपुर लगियो

दैनिक नेपाल २०७७ मंसिर ९ गते १७:५७

काठमाडौँ, ९ मंसिर । महोत्तरीको बर्दिबासमा बलात्कारपछि हत्या भएकी ६ बालिकाको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।

६ वर्षीया बालिका गुलाब साह खातुनको शव लाई पोस्टमार्टमको लगिएको हो ।

मंगलबार दिउँसो बर्दिबासस्थित पूर्वपश्चिम राजमार्गमा दिनभरी नै राजमार्ग अवरुद्ध बनेको थियो । स्थानीयले शव भेटेको ठाउँबाट उठाएर राजमार्ग अवरुद्ध गर्दै दिनभर प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली समेत चलाएको थियो । अहिले भने प्रहरीले आफैँ बालिकाको शव पोस्टमार्टमका लागि लगेको हो ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागे ३ जना घाइते भएका थिए । तिनीहरुमध्ये २ जनालाई उपचारका लागि काठमाडौँ लगिएको र एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

भीड तितरवितर भएपछि राजमार्ग भने मंगलबार नै खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित