शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोभिड भ्याक्सिन बजारमा आउने वित्तिकै नेपालीले पनि प्रयोग गर्न पाउने

दैनिक नेपाल २०७७ मंसिर ९ गते १६:५७

काठमाडौँ, ९ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड विरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरि तयारी गरिरहेको बताएका छन् ।

विश्व प्रति—जैविक सचेतना सप्ताहको समापन गर्दै मन्त्री ढकालले यस्तो बताएका हुन् ।

मंसिर ३ गतेदेखि ९ गतेसम्म चलेको सप्ताहका अवसरमा चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा नेशनल स्कुल अफ साइन्समा अध्ययनरत राजकी अर्याल प्रथम, होप इन्टरनेशनल कलेजमा अध्ययनरत स्वस्तिमा सापकोटा द्वितिय र ललितकला क्याम्पसमा अध्ययनरत विनिता खड्काले तृतीय भएर नगद र प्रमाणपत्र पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित