
काठमाडौं, ९ मंसिर । सोमबार सामान्य करेक्सन भएको शेयर बजार मंगलबार पुनः दोहोरो अंकको सुधार आएको छ ।
मंगलबार नेप्से सूचक १ दशमलव ६७ प्रतिशत अर्थात् २९ दशमलव ६८ अंकले बढेर १८१० दशमलव ११ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ इन्डेक्स ४ दशमलव १२ अंकले बढेर ३४९ दशमलव ३७ विन्दुमा पुगेको छ ।
मंगलबार होटेल समूहबाहेक सबै समूहरु हरियाली भएसँगै ५ अर्ब हाराहारी कारोबार भएको छ । पछिल्ला दिन निरन्तरजसो उकालो लाग्दै आएको नेप्सेमा हिजो सामान्य करेक्सन भएको थियो ।
यस दिन उतार चढावबीच नेप्से ३० अंक बराबरले उकालो लागेर १८ सय १० पुग्यो ।
निर्जीवन बीमा समूहमा सबैभन्दा उच्च ३२७ अंक अनि जीवन बीमा समूहमा पनि २ सय ४८ अंकको बृद्धि आयो ।
उत्पादनमूलक समूह २२७ अंकले उकालो लाग्यो । व्यापार समूह पनि १७२ अंकले बढ्यो ।
वाणिज्य बैंक र सामुहिक लगानी कोष नगन्य अंकले हरियो रहँदा अरु भने दोहोरो अंकले सकारात्मक रहे ।
यस दिन मात्र होटेल समूह ३४ अंकले ओरालो लाग्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १९६ कम्पनीको १ करोड १७ लाख कित्ता शेयर ५ अर्ब ४४ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
















प्रतिक्रिया