२ कार्तिक २०८३, सोमबार

भारतीय शेयर बजारमा मंगलबार नयाँ रेकर्ड

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । भारतीय शेयरले मंगलबार नयाँ रेकर्ड बनाएको छ ।

भारतीय शेयर बजारले बजारले हालसम्मकै सर्बाधिक अंक छोएर नयाँ रेकर्ड कायम गरेको हो । मंगलबारको कारोबारमा भारतका प्रमुख दुर्इ शेयर बजारले नयाँ रेकर्ड कायम गरेका हुन् ।

मंगलबार कारोबार अवधिमा बीएससी सेन्सेक्सले उच्चतम अंक ४४ हजार ४९९ दशमलव ६२ र निफ्टिले १३ हजार ४८ दशमलव ७५ अंक छोएको हो । यो नै अहिलेसम्मको सर्बाधिक अंक हो ।

यसअघि १८ नोभेम्बरमा निफ्टिले १२ हजार ९४८ दशमलव ८५ र सेन्सेक्सले २३ नोभेम्बरमा ४४ हजार २७१ अंक छोएर रेकर्ड कायम गरेका थिए । जुन रेकर्ड मंगलबार तोडिएको हो ।