२ कार्तिक २०८३, सोमबार

रत्नपार्कको नाम परिवर्तन नगर्न राप्रपा काठमाडौंले बुझायो महानगरलाई ज्ञापनपत्र

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । रत्नपार्कको नाम परिवर्तन नगर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौंले काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्चाउन महानगरलाई ज्ञापनपत्र बुझाएको राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले बताए ।

सिंखडाको नेतृत्वमा महानगरपालिकामा रत्नपार्कको नाम परिवर्तनकोसम्बन्धी ज्ञापनपत्र बुझाइएको पार्टी अध्यक्ष सिंखडाले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले श्री ५ महेन्द्रको जीवनसंगीनी राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन बिताई रहेकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य गलत भएको ज्ञापनपत्रमा उल्लेख छ ।

राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको बताइएको छ । काठमाडौं महानगरपालिकालाई यो कार्य तत्काल सच्चाउन माग समेत गरिएको छ ।

शङ्खधर साख्वाको नाममा नयाँ ठाउँमा भव्य पार्क बनाउनुपर्ने राप्रपाको माग छ । ज्ञापनपत्र महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीले बुझेका छन् ।

यो पनि पढ्नुहोस्–