२ कार्तिक २०८३, सोमबार

६ वर्षीया बालिकाको मृत्यु प्रकरण : आरोपितको घरमा आगजनी, राजमार्ग बन्द

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, ९ मंसिर । महोत्तरीको बर्दिबास–१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिका बलात्कार गरेर हत्या गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

आइतबार साँझदेखि बस्तीबाटै हराएकी शाहिद आलमकी छोरी गुलाब साह खातुनको शव सोमबार मध्यराति फेला बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो ।

बालिकाको नियोजित हत्या गरेको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ । तर, स्थानीय भने उनैलाई वास्तविक दोषी करार गरेर कडा कारवाहीको माग गर्दै आन्दोलिन भएका छन् ।

आन्दोलित स्थानीयले अभियुक्तको बर्दिवास नगरपालिका-१४ स्थित घरमा आगजनी गर्नाका साथै राजमार्ग समेत बन्द गरेका छन् ।

अभियुक्तको घरमा भएको आगजनी नियन्त्रणका लागि गएको दमकल समेत आन्दोलनकारीले बाटैमा रोकेर राखेको स्थानीयले जानकारी दिएका छन् ।

यो समाचार पनि पढ्नुहोस्–