२ कार्तिक २०८३, सोमबार

चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

चितवन, ९ मंसिर । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचाररत रत्ननगरपालिका–१० का ५२ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । उनी मंसिर ४ गते ज्वोरो, खोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

उनका आइतबार कोभिड–१९ पोजेटिभ पुष्टि भएको थियो । त्यसपछि कोभिड आइसीयू वार्डमा राखेर उपचार भइरहेको थियो ।