
ईलाम, ९ मंसिर । ईलामको सन्दकपुर गाउँपालिका–५ स्थित जौवारीमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बीओपी) जौवारी स्थापना भएको छ ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की तथा सोही प्रदेशका कृषीराज्यमन्त्री राम रानाले सोमबार आयोजित एक समारोहकाबीच बीओपीको उद्घाटन गरे ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण ईलाम मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायता विविध कामकारवाहीहरुमा परिचालित हुने छ ।
ईलाम जिल्लाको सदरमुकाम देखि करिव ३९ किलोमिटरको दूरीमा नेपाल भारत सीमानाका भन्दा करीव १ किलोमिटर वर स्थापना गरिएको उक्त बिओपीले सोमबारबाटै दैनिक कार्य सुचारु गरेको बताइएको छ ।
सशस्त्र प्रहरी बलको एक प्लाटुन टोली आवश्यक बन्दोवस्तीका सामानसहित सो ठाउँमा खटिएको हो । नेपाल सरकारको नीति अनुरुप सीमानालाई अझ बजबुद बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु थप गर्दै लगिएको हो ।
हालसम्म १८९ वटा बोर्डर आउट पोष्ट स्थापना भइसकेको छ भने पहिलो चरणमा निकट भविष्यमा २२१ वटा बोर्डर आउट पोष्ट स्थापना गर्ने योजनाका साथ आवश्यक कार्य भइरहेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।















प्रतिक्रिया