शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

बाइडेनलाई सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार, परिणामविरुद्धको कानूनी लडाइँ भने कायमै राख्ने

दैनिक नेपाल २०७७ मंसिर ९ गते ९:०२

वाशिङ्टन, ९ मंसिर । अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार भएका छन् ।

निर्वाचनमा व्यापक धाँदली भएको आरोप लगाउँदै जो वाइडेनको जित र आफ्नो हार स्वीर गर्न नमानिरहेका ट्रम्पले अन्ततः आफ्नो अडान यथावत राख्दै सत्ता हस्तान्तरण गर्न तयार भएका हुन् ।

सत्ता हस्तान्तरणका लागि राष्ट्रपछि ट्रम्पले जिम्मेवार संघीय निकाय जनरल सर्भिसेस् एड्मिन्ट्रेशन (जीएसए) लाई गर्नुपर्ने आवश्यक काम गर्न सिफारिस गरेको बीबीसीले जनाएको छ ।

जीएसएले पनि बाइडेनलाई स्पष्ट विजेताका रूपमा आफूले स्वीकार गरेको समाचारमा उल्लेख छ । कार्यभार हस्तान्त्ररणका लागि औपचारिक रुपमा सुरु गर्ने ट्रम्पले स्वीकार गगरेको समाचारमा दाबी गरिएको छ ।

तर, निर्वाचनको परिणामविरुद्ध आफ्नो कानूनी लडाइँ जारी रहने ट्रम्पको भनाइ छ । ट्रम्पद्वारा नियुक्त प्रशासक इमिली मर्फीले प्रक्रियागत ढिलाइ गर्न आफूलाई ह्वाइट हाउसबाट कुनै दबाब नआएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित