१ कार्तिक २०८३, आइतबार

क्रिकेट टोलीको कोरोना परीक्षण गरिंदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ९ मंसिर । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षणका लागि आज मंगलबार कोरोना परीक्षण गरिने भएको छ ।

बन्द प्रशिक्षणका लागि ना छनोट गरिएका २२ जना खेलाडीको कोरोना परीक्षण गर्न लागिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

क्यानले राष्ट्रिय पुरुष क्रिकेट खेलाडीको बन्द प्रशिक्षण मंसिर १० गतेदेखि काठमाडौंमा सुरु गर्ने तयारी गरेको छ । आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरुलाई दृष्टिगत गर्दै क्रिकेट टोलीको प्रशिक्षण सुरु गर्न लागिएको हो ।

खेलाडीहरुको पीसीआर परीक्षण कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान १० बजेबाट हुने छ । कोरोना परिक्षणपछि रिपोर्ट नेगेटिभ आउने खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा समावेश गरिने छ ।