शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

इङ्ग्लिस प्रिमियर लिग : साउथह्याम्टन र वुल्भ्स बराबरीमा

दैनिक नेपाल २०७७ मंसिर ९ गते ८:४३

काडमाडौं, ९ मंसिर । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्टनले वुल्भ्ससँग बराबरी खेलेको छ ।

सोमबार राति भएको खेलमा साउथह्याम्टनका जेम्स् वाल्कटले ५८औं मिनेटमा गोल गर्दै खेललाई अग्रता दिलाए । खेलको ७५औं मिनेटमा वुल्भस्का नोरबर्टो मुररा नेटोले गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।

बराबरीपछि पाँचौं स्थानको साउथह्याप्टनको ९ खेलबाट १७ अंक भएको छ । वुल्भ्स् भने १४ अंकसहित नवौं स्थानमा छ ।

यस्तै, गएराति भएकै अर्को खेलमा बर्नलीसँग क्रिस्टल प्यालेस पराजित भएको छ । बर्नलीले क्रिस्टललाई एक शून्य गोल अन्तरले हराएको हो । खेलको आठौं मिनेटमा बर्नलीका क्रिस उडले गरेको गोल नै उसका लागि निर्णायक गोल बन्यो ।

जारी लिगमा बर्नलीको यो पहिलो जित हो । बर्नली ८ खेलमा ५ अंक जोडेर १७ औं स्थानमा रहेको छ । क्रिस्टल ९ खेलमा १३ अंक जोडेर ११ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित