२ कार्तिक २०८३, सोमबार

बेलायती प्रधानमन्त्रीद्वारा कोरोना भाइरसको सामूहिक परीक्षणको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ९ मंसिर । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको सामूहिक परीक्षण गर्ने योजना घोषणा गरेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण धेरै फैलिएको देखिएका क्षेत्रलाई केन्द्रीत गरेर आम परीक्षण गरिने उहाँले घोषणा गरेका हुन् ।

सरकारको ‘कोभिड विन्टर प्लान’ अन्तर्गत सेनाको सहयोगमा परीक्षणलाई बढाउन लागिएको पनि उनले जानकारी दिएका छन् ।

अत्यधिक धेरै कोरोना सङ्क्रमितहरु रहेको लिभरपुलमा यसै महिना व्यापक परीक्षण गरिएको र कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्न सफलता मिलेपछि प्रधानमन्त्री जोनसोनले सो कुरा बताएका हुन् । एजेन्सी