
काठमाडौँ, ८ मंसिर । सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरु गर्नेबारे सरकारसँग छलफल भइरहेको बताएका छन् ।
उनले अधिवेशनका लागि संसद सचिवालय तयारी अवस्थामा रहेको समेत जनाएका छन् । संसद अधिवेशनका लागि सरकारसँग छलफल भइरहेको र एक महिनाभित्र अधिवेशन सुरु हुने जनाएका छन् ।
सोमबार सिंहदरबारस्थित संसद सचिवायलमा नेपाली काँग्रेसका नेता मोहनप्रसाद पाण्डेलाई प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराएपछि पत्रकारहरुसँग कुराकानी गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।
सभामुख सापकोटाले भने, ‘अब नयाँ अधिवेशन करिब करिब १ महिना पछाडि सुरु हुन्छ । कुराकानी चल्दै छ । सकेसम्म अगाडी नै चलाउनका लागि कुराकानी चल्दैछ ।’ यस महामारी संसद चलाउने विकल्पबारे पनि कुराकानी भइरहेको उनले बताए ।
सकेसम्म चाँडै संसद अधिवेशन चलाउनेबारे छलफल भइरहेको बताउँदै उनले सरकारले ल्याएको अध्यादेशबारे पनि सदनमै छलफल हुने बताएका छन् ।
बजेट पास भएपछि संसद अधिवेशन कोरोनाभाइरस महामारीका कारण चल्लन सकेको छैन ।















प्रतिक्रिया